पत्रकारहरुको अनसनमा ऐक्यबद्धता जनाउन पुगे बाबुराम

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ५१


काठमाडौं । अहिले विभिन्न मिडियामा कार्यरत पत्रकारहरु रिले अनसनमा छन्।

कामगरे वापत मिडिया मालिकले तलब नदिएको, विभिन्न बहानामा पत्रकारहरलाई निकाला गरेको भन्दै पत्रकारहरु संघर्ष समितिनै बनाएर आन्दोलनमा उत्रेका हुन।

विभिन्न माग राखि मिडिया हाउसविरूद्ध सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई शनिवार नयाँ बानेश्वरमा पुगेका छन्।

आन्दोलनरत पत्रकारहरुलाई भेटेर नेता भट्टराईले ऐक्यबद्धता जनाएका थिए।

त्यसक्रममा भट्टराईले जनतालाई सुसूचित गर्ने जिम्मेवारी बोकेका पत्रकारहरू नै शोषणमा परेर सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले पत्रकारलाई सडकमा ल्याउन बाध्य नपार्न मिडिया हाउसहरूलाई अनुरोध गरे।


प्रतिक्रिया दिनुहोस्