कोरोना भाइरसको महामारी फैलिएपछि स्पेनको मेड्रिडमा पुनः लकडाउन

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ०२


काठमाडाैं । स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि पुनः लगडाउन लागु गरिएको छ ।

मड्रिडका बासिन्दाले लकडाउनको विरोध जनाएपनि त्यहाँको स्थानीय प्रशासनले कोरोना संक्रमण नियन्त्रणका लागि आंशिक लकडाउनको नयाँ नियम लागु गरेको छ ।

संघीय सरकारको माग अनुसारकै नियम मड्रिड प्रशासनले लागु गरेको हो ।

मड्रिडसँग जोडिएका ९ बजारमा पनि सो नियम लागु हुनेछ ।

मड्रिडका ३० लाख भन्दा बढी मानिसले अब नयाँ नियम मान्नु पर्ने भएको छ ।

युरोपमा अहिले कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ र यसले स्पेनसहितका देशमा चिन्ता थपिएको छ ।


प्रतिक्रिया दिनुहोस्