काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका व्यवस्थापक बिल स्टेपियन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएपछि हाल वाल्टर रीड मेडिकल हस्पिटलमा उपचाररत छन् ।
ट्रम्पको चुनावी अभियानका प्रमुख बिलमा पनि संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।