‘सेल्फी किङ’ फिल्म युट्युबमा रिलिज

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ११ : ५६


काठमाडौं । फिल्म ‘सेल्फी किङ’ युट्युबमा रिलिज भएको छ ।

विपिन कार्की नायक रहेको चलचित्र युट्युबमा आएको हो ।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा लक्ष्मी बर्देवा, अभय बराललगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक दिनेश राउतले निर्माण गरेको फिल्ममा एकजना हास्य कलाकारले भोग्नुपरेको कथालाई मुख्य विषय बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्