लिभरपुलका फरवार्ड माने कोरोनाभाइरस संक्रमित

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : ३६


काठमाडाैं । लिभरपुलका फरवार्ड सडियो माने कोरोनाभाइरस संक्रमित भएका छन् ।

कोरोनाभाइरस परीक्षणको नतिजा पोजिटिभ आएपछि माने सेल्फ आइसोलेसनमा बसेका छन् ।

लिभरपुलका मिडफिल्डर थियागो एलकान्ट्रा कोरोनाभाइरस संक्रमित भएको तीन दिनपछि माने संक्रमित भएको लिभरपुलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्