चितवनमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ०९


भरतपुर । चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका(७ न्यौरेनीका ७८ वर्षीय पुरुषको शुक्रबार उपचाररको क्रममा मृत्यु भएको छ।

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राति भरतपुर अस्पतालमा रेफर गरिएको थियो । अस्पतालका अनुसार बिहीबार नै उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो।

ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल भर्ना भएकी उनमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

आकस्मिक कक्षमा उपचारका क्रममा आज विहान ११ः४५ बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्