ललितपुरको महालक्ष्मीमा निःशुल्क एम्बुलेन्स सेवा

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ५८


महालक्ष्मी नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

मुलुकमा दिनानुदिन बढिरहेको कोभिड महामारीका बिरामीलाई मात्र बोक्न महालक्ष्मीले सो एम्बुलेन्स सेवा प्रयोगमा ल्याएको हो।

कोरोना सङ्क्रमितको स्वास्थ्यलाई ध्यानमा निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिने निर्णय गगरिएको नगरपालिकाका उपप्रमुख निर्मला थापाले बताए।

यस नगरपालिकामा हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ३६१ जसमा १८६ पुरुष र १७५ महिला रहेकामा सङ्क्रमण निको हुनेको सङ्ख्या २२३ रहेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए।

उनले भने, “यहाँ सक्रिय सङ्क्रमित १३६, होम आइसोलेसनमा बसिरहेका ११६ र विभिन्न अस्पतालमा उपचार गराइरहेका २० बिरामी रहेका छन्।”

हालसम्म महालक्ष्मीका दुई व्यक्तिले कोभिडका कारण ज्यान गुमाएका छन्।


प्रतिक्रिया दिनुहोस्