डा.हरि सापकोटाको निधनमा मन्त्रालयले भन्यो-‘एक कर्तव्यनिष्ठ चिकित्सक गुमायौं’

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ४८


काठमाडौं । स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सक डा.हरि सापकोटाको निधनमा दुःख व्यक्त गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले एक विज्ञप्ती मार्फत मन्त्रालयले एक कर्तव्यनिष्ठ चिकित्सक गुमाएको उल्लेख गरेका छन्।

कर्णाली प्रदेश अस्पतालका हाडजोर्नी रोग विशेषज्ञका रुपमा सेवारत डा.सापकोटाको कोरोनाबाट मृत्यु बिहिबार निधन भएको थियो।


प्रतिक्रिया दिनुहोस्