धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : ३२


कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो।

“खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ।”

उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए।

राँगाको मासु खाँदा १४ बिरामी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए।

बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।

“स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्”, प्रवक्ता थापाले भने, “त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ।”


प्रतिक्रिया दिनुहोस्