टिकटक लाइभ गरिरहेकी युवतीमाथि पेट्रोल छर्केर आगो लगाई हत्या

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : १०


चीनमा टिकटकमा चर्चित एक युवतीले ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्।

लामु नाम गरेकी चिनियाँ युवतीको यसरी आक्रमण भएको दुई सातापछि उपचारका क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ।

भिडियो लाइभमा आएकी ३० वर्षीया लामुको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो।

लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।

घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ।

यो घटनापछि चीनमा महिला विरूद्ध हिंसाबारेको बहस फेरि चुलिएको छ। लामुले ग्रामीण जीवनशैलीका बारेमा भिडियोहरु पोष्ट गर्ने गरेकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस्