खोलामा लुकाएको अवस्थामा २२९ किलो गाँजा फेला

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ४१


हेटौंडा । खोलामा लुकाइएको अवस्थामा मकवानपुर प्रहरीले २ सय २९ किलो अवैध लागू ओषध (गाँजा) बरामद गरेको छ ।

बुधबार अस्थायी प्रहरी पोस्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको टोलीले मकवानपुरको भीमफेदी गाउँपालिका–९ ढुङ्गेन नजिकै खोलामा लुकाएर राखेको अवस्थामा ९ वटा बोरा फेला पारेको थियो ।

प्रहरीले बोराहरु सडकमा ल्याएर खोल्ने क्रममा १८ वटा वण्डल बनाइ प्लास्टिकमा प्याकिङ गरिएको अवस्थामा गाँजा फेला परेको हो ।

तौल लिने क्रममा गाँजा २ सय २९ किलोग्राम रहेको यकीन भएको हो ।

गाँजा तस्करहरुले प्रहरीबाट बच्न खोलामा लुकाइएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले गाँजा तस्करीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्