सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि डोनाल्ड ट्रम्प क्वारेन्टिनमा

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ५७


काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन् ।

बीबीसीका अनुसार ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड–१९ पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका हुन् ।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा पर्खिरहेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्