लिभरपुललाई पराजित गर्दै आर्सनल क्वाटरफाइनल प्रवेश

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ४७


काठमाडाैं । लिभरपुललाई टाइब्रेकरमा पराजित गरेर आर्सनल लिग कप (इएफएल कप) अर्थात काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन सकेन र खेल पेनाल्टीमा धकेलियो।

टाइब्रेकरमा मिकेल आर्तेताको टिम आर्सनलले जर्गेन क्लोप्पको टिम लिभरपुललाई ५-४ ले पराजित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्