‘कौन बनेगा करोडपति’मा नेपालसम्बन्धी प्रश्नको सहि जवाफ दिन नसकेपछि २५ लाख गुमाए!

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ८ : १४


काठमाडैं । बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्ने चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’मा मा नेपाल-भारत सीमासम्बन्धी प्रश्न समेत सोधिएको छ।

प्रतियोगी मध्येका एक मुम्बईका जयकुल श्रेष्ठलाई नेपाल-भारतको सीमा सम्बन्धी प्रश्न सोधिएको थियो। तर, उक्त प्रश्नको सही जवाफ दिन नसकेपछि उनले २५ लाख गुमाएका छन्।

१८१५ मा भएको सुगौली सन्धी अनुसार नेपाल-भारत सीमा छुट्याउने नदिको नाम बताउन भनिएको थियो।

श्रेष्ठले १२ लाख ५० हजार (भारु) जितिसकेपछि महानायक बच्चनले उनलाई नेपाल-भारतको सीमा छुट्याउँने नदीबारे प्रश्न साधेका थिए। प्रश्न थियो, ‘सुगौली सन्धी अनुसार नेपाल भारत सीमा छुट्याउँने नदीको नाम क हो ?’

यदि उक्त प्रश्नको सही उत्तर दिन सकेको भए उनले २५ लाख (भारु) प्राप्त गर्दथे। तर, सही उत्तर दिन नसक्दा गुमाए।

प्रश्नको सही उत्तर दिन नसकेपछि उनी कार्यक्रमबाट बाहिरिए। कार्यक्रम सञ्चालक बच्चनले उनलाई उत्तर भन्न नसके कार्यक्रम छाड्न सल्लाह दिएका थिए ।

नेपाल-भारतबीच पछिल्लो समय कालापानी, लिपुलेक र लिम्पयाधुराको मुद्धालाई लिएर विवाद छ।

तत्कालिन इष्ट इन्डिया कम्पनीसँग गरेको सुगौली सन्धी अनुसार नेपालले काली नदिलाईनै आधार मानेर ती भागहरु आफ्नो रहेको बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्