कोरोनाबाट थप २ जनाको मृत्यु

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ५२


भक्तपुर । कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ।

भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ।

खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तरीका ४८ वर्षीय ती पुरुष यही असोज १२ गते अस्पतालमा भर्ना भएका थिए।

उपचारका क्रममा उहाँको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा। सुनिल ढुंगेलले जानकारी दिए।

सङक्रमण पुष्टि भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा ढुंगेलले बताए।

यस्तै, कोरोनाबाट सप्तरीमा थप एक पुरुषको मृत्यु भएको छ।

विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।

उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको समस्या रहेको थियो।

कोरानाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्