बृद्धभत्ता बढाएर ५ हजार पुर्‍याउँछौँ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : १८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै कार्यकालभित्र बृद्धभत्ता बढाएर ५ हजार पुर्याउँने बताएका छन्।

अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्ध भत्ता बढाउँने बताएका हुन।

जेष्ठ नागरिकको सम्मान, सेवा र जिवनयापनको सम्बन्धमा अन्त्यन्तै चिन्तित रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि प्रयासरत रहेको बताए।

जेष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको भन्दै र यसलाई समयक्रममा बृद्धि गरिने बताएका हुन।

नेकपाको चुनावी घोषणापत्र अनुसार यसैकार्यकालभित्र ५ हजार पुर्याईने उनले बताएका छन्।

ज्येष्ठ नागरिकहरुलाई दिइने सुविधा बढाउने सरकारको मनसाय हुँदाहुँदै पनि देशको आर्थिक अवस्था कमजोर भएकाले सोचेजति गर्न नसकिएको प्रधानमन्त्रीको भनाइ थियो।

मन भएर पनि धन नभएको उनले कार्यक्रममा बताए।

तत्कालिन अवस्थामा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला आफू पनि मन्त्री रहेको र त्यतिबेला सरकारले ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गरेको पनि उनले स्मरण गरे।

 


प्रतिक्रिया दिनुहोस्