प्राधिकरणका सीईओलाई कोरोना संक्रमण

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : ५३


काठमाडौं । राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।

बिहीबार ट्वीट गर्दै सीईओ ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको उनले बताए ।

अहिले होम आईसोलेसनमा बसेको ज्ञवालीको स्वास्थ्य अवस्था सामान्य छ।

 


प्रतिक्रिया दिनुहोस्