राहुल गान्धी प्रहरी नियन्त्रणमा

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ३ : ३९


काठमाडौं । भारतीय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र उनकी बहिनी प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हाथरसमा भएको सामूहिक बलात्कारको घटनामा पिडितले न्याय पाउनुपर्ने माग राख्दै भारतमा प्रर्दशन भइरहेको छ।

बिहिबार काँग्रेसका पूर्व अध्यक्ष राहुल र महासचिव प्रियंका गान्धी दिल्लीबाट हाथरस जाँदै थिए। पिडित परिवारलाई भेट्न जाँदै गर्दा उनीहरुलाई प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरीले नियन्त्रणमा लिन खोजेपछि धक्कामुक्की समेत भएको थियो।

सेप्टेम्बर १४ मा उत्तर प्रदेशको हाथरसमा एक युवतीमाथि सामूहिक बलात्कार र कुटपिट भएको थियो। त्यसको १५ दिनपछि उनको दिल्लीको एक अस्पतालमा मृत्यु भयो।

युवतीलाई समयमै उपचारको लागि अस्पताल लगिएको थिएन। यूपी प्रहरीले यो घटनामा लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्