काठमाडौंमा ठूलो मात्रामा डेट एक्सपायर स्नीकर्स नयाँ डेट राख्दै गरेको अवस्थामा फेला

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  २ : ३३


काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकै एक घरमा म्याद गुज्रिएको (डेट एक्सपायर) भएको स्निकर्स (चेकलेट)मा ठूलो परिणाममा फेला पारेको छ ।

उपभोग्य मिति सकिए पनि पुनः नयाँ मिति लेखेर बजारमा बिक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले ठूलो मात्रामा स्नीकर्स बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले भाडामा लिइएको २ वटा कोठामा म्याद सकिएका स्नीकर्स फेला पारेको हो ।

एउटा कोठामा म्याद सकिएको स्नीकर्स भेटिएको र अर्को कोठामा म्याद जारी गर्दै गरेको अवस्थामा मेसिन समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले डेट एक्सपायर स्नीकर्स फेला पारेको हो ।

अहिले उपभोक्ता हित संरक्षण तथा वाणिज्य विभागका कर्मचारी पनि स्नीकर्स भेटिएको स्थानतर्फ जान लागेका जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्