युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : २३


काठमाडौं । बिहीबार मात्रै मुख्यसचिव पदबाट राजीनामा दिएका लोकदर्शन रेग्मी संयुक्त अधिराज्य बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस भएका छन् ।

यस्तै, निवर्तमान अर्थमन्त्री एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको राजदूतमा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिका, बेलायत र दक्षिण अफ्रिाका लागि आवासीय राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । अमेरिकाका लागि खतिवडा, बेलायतका लागि रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मा (कपिलवस्तु) लाई राजदूत नियुक्तिका लागि सिफारिस भएका हुन् ।

मन्त्रिपरिषदले सिफारिस गरेका राजदूतहरु संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस्