शंकरदास बैरागी बने नयाँ मुख्यसचिव

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : ०५


काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी मुख्य सचिव नियुक्त भएका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

लोकदर्शन रेग्मीले बिहीबार नै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्यसचिव पदबाट राजीनामा दिएका बैरागीलाई संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्