रियल मड्रिडको कठिन जित

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ८ : २५


काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई पराजित गरेको छ ।

लिगको तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको रियल मड्रिडले रियल भालाडोलिडलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ६५ औँ मिनेटमा विनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो ।


प्रतिक्रिया दिनुहोस्