अक्टोबर १५ देखि भारतमा सिनेमा हल खुल्ने

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ८ : ००


काठमाडौं । भारतमा दैनिक ठूलो मात्रामा कोरोना संक्रमण देखिइरहेको भए पनि यही अक्टोबर १५ देखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् ।

भारत सरकारले स्वास्थ्य सुरक्षाका केही सर्तसहित अबको १५ दिनमा ती क्षेत्र खुला गर्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आज बिहीबार अक्टोरबर सुरु भइसकेको छ । साथै भारत सरकारले विद्यालय र कलेजसमेत खोल्न अनुमति दिएको छ ।

तर यसबारे निर्णय गर्ने अधिकार केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको समाचारमा उल्लेख छ ।

सिनेमा हल सञ्चालन गर्दा ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको बीबीसी हिन्दीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्