काठमाडौंको पेप्सीकोलामा ग्यास सिलिण्डर विस्फोट, ५ जना घाइते

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ६ : ०१


काठमाडौं । राजधानी काठमाडौंको पेप्सीकोलामा एउटा घरमा खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ हिमालयन टोलस्थित सुनिता कार्कीको घरमा भाडामा बस्नेको कोठामा ग्यास सिलिन्डर पड्किएको हो ।

सिलिन्ड पड्किँदा ५ जना घाइते महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

सिलिण्डर विस्फोटमा घाइते भएकामध्ये १ जना बालकलाई कीर्तिपुर अस्पताल पठाइएको छ। अन्य ४ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ।

खाजा बनाउनका लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएर आगो लागेर ग्यास विस्फोट भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्