२ बर्ष देखि बेपत्ता महिला समुद्रमा जिउँदै भेटिइन्!

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ०५


एजेन्सी । दुई बर्षदेखि हराइरहेकी एक महिला रहस्यमय रुपमा समुद्रमा तैरिरहेको अवस्थामा फेला परेकी छन्।

बेलायती पत्रिका द सनको रिपोर्ट अनुसार कोलम्बियाकी ती महिला करिब २ बर्ष अघि बेपत्ता भएकी थिइन्। यति लामो समयपछि उनी समुँद्रमा जीवितै भेटिएकी हुन।

४६ बर्षीया ब्लनभ एन्जेलिका जाइतन बेहोस अवस्थामा कोलम्बियाको तटमा रहेको हाइपोथर्मियामा भेटिएकी हुन।

उनलाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको समाचारमा उल्लेख छ।

द सनको रिपोर्ट अनुसार श्रीमानसँग झगडा भएपछि उनी घर छाडेर हिँडेकी थिइन्।

सन्२०१८ मा घर छाडेर भागेकी उनी ६ महिना सडकमै मागेर खाइन्। त्यसपछिका दिन आश्रयस्थलमा पनि बिताइन्।

यसरी जीवनमा ठूलो पिडा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। हाम फालेको ८ घण्टापछि उनलाई माँझीहरुले उद्धार गरेका हुन।


उद्धार गरिएपछि एन्जेलिकाले पहिलो शब्दका रुपमा ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने बताएको समाचार उल्लेख छ।

उनलाई उद्धार गरेपछि तटवर्ती क्षेत्रमा राखिएको थियो जहाँ अस्पताल लगिनु अघि स्थानीयहरूले हेरविचार गरे।

दुई वर्ष अगाडि बेपत्ता भएपछि के के भयो भन्नेबारे अन्वेषकहरुलाई उनले आफ्नो कथा बताइन् । एन्जेलिकालाई उनको परिवारसँग पुनर्मिलन गराइएको छ।


प्रतिक्रिया दिनुहोस्