काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ।
उक्त विस्फोटको कारण स्पष्ट छैन। विस्फोटको आवाज पेरिसभर र आसपासका क्षेत्रमा सुनिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
पेरिस प्रहरीले भने उक्त विस्फोट नभई फाइटर विमानबाट आएको ‘सोनिक बुम’को आवाज रहेको जनाएको छ।
उक्त विस्फोटको आवाज खेलमैदान सम्मै सुनिएको थियो।
?? #RG20 (?@Eurosport_RU ) pic.twitter.com/DFljsHm0DR
— doublefault28 (@doublefault28) September 30, 2020