खाना बाँड्न खुल्लामञ्च पुगे डा बाबुराम भट्टराई

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  २ : ४३


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीनेपालका नेता बाबुराम भट्टराई खाना बाँड्नका लागि खुलामञ्च पुगेका छन् ।

बुधबार खुल्लामञ्च पुगेर उनले खाना बाँडेका हुन् ।

काठमाडौंको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रि यटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई खाना खुवाउँदै आएका छन्।

यही क्रममा भट्टराई बुधबार बिहान खाना बाँड्न पुगेका हुन्।

भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्