खाना बाँड्दै पूर्वप्रधानमन्त्री

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  २ : ०९


काठमाडौं। कोरोना महामारीका कारण समस्यामा परेकाहरु खाना खान राजधानीको खुल्लामञ्च पुग्ने गरेका छन्।

समस्यामा परेका नागरिकहरुलाई अहिले खुल्लामञ्चमा विभिन्न समूहले निःशुल्क खाना बाँडिरहेका छन्।

हालसम्म उक्त ठाँउमा सरकारी कुनै अधिकारी तथा नेताहरु पुगेको खबर छैन।

यसैक्रममा, पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा.बाबुराम भट्टराई बुधबार बिहान खाना बाँड्न खुल्लामञ्चमा पुगेका छन्।

नेता भट्टराईले आफैं २० मिनेट जति भात, दाल र तरकारी बाँडेका थिए।त्यहाँ खाना खान आउने मानिसहरूसँग पनि कुरा गरेका थिए।


प्रतिक्रिया दिनुहोस्