पहिलो बहसमा बाइडेनले ट्रम्पलाई भने-‘इतिहासकै खराब राष्ट्रपति’

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : ४७


वासिंगटन । आगामी अमेरिकी राष्ट्पतिका लागि बुधवार डोनाल्ड ट्रम्प र जो बाइडेन बीच पहिलो बहस सम्पन्न भएको छ।

ओहियो राज्यको क्लिभल्याण्ड शहरमा आयोजित बहसमा पहिलोपटक रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेनबीच आरोप र प्रत्यारोप चल्यो।

पहिलो बहसमा दुवै जनाले फरक फकर स्वास्थ्य, न्याय, जातीय विभेद र अर्थव्यवस्था जस्ता विभिन्न मुद्धामा छलफल गर्दै एक अर्कामाथि तीखो प्रहार गरे।

९० मिनेट सम्म चलेको बहसमा दुई नेताले स्वास्थ, न्याय, नश्लिय भेदभाव, अर्थव्यवस्था जस्ता अलग–अलग विषयमा अभिव्यक्ति दिँदै एक अर्काको कडा रुपमा आलोचना गरेका हुन।

आफ्ना भनाइ राख्ने क्रममा बाइडेनले एकपटक ट्रम्पलाई जोकर समेत भनेका थिए। बाइडेनले बोलिरहँदा ट्रम्पले अवरोध गरेपछि बाइडेनले ट्रम्पलाई जोकर भनेको र चुप लाग्न भनेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

बहसको क्रममा ट्रम्प र वाइडनले एक दोस्रोमाथि निकै प्रहार गरेका हुन। एक दोस्रोले ‘सट-अप’ समेत भन्न भ्याए।

कुनै विषयमा त ट्रम र वाइडन एक अर्काबीच झगडा नै गर्न थालेपछि कार्यक्रमका होस्ट क्रिस वालेसले ‘स्टप टकिङ’ अर्थात चुप लाग्नुसम्म भन्ने अवस्था आयो।


बहसको क्रममा ट्रम्पले आफु अमेरिकाको सबै भन्दा राम्रो राष्ट्रपति भएको बताए। उता वाइडनले ट्रम्प सबैभन्दा खराब व्यक्ति भएको र उनी झुठा भएको आरोप लगाएका हुन।


कोरोना महामारीको बारे सोध्दा डोनाल्ड ट्रम्पले यदि आफ्नो ठाँउमा जो वाइडन राष्ट्रपति भएको भए अमेरिकामा अझै बढी मानिसको मृत्यु हुनसक्ने बताए।

जवाफमा वाइडनले महामारीको सामना गर्न ट्रम्पसँग कुनै योजनानै नरहेको बताए।

अमेरिकामा ७० लाख भन्दा धेरैलाई कोरोना भाइरस संक्रमण भएको छ भने दुई लाख भन्दा धेरैको ज्यान गएको छ।

बिडेनले कोरोना भाइरस महामारीको सामना गर्न ट्रम्प प्रशासनको आलोचना गरे जसमा ट्रम्पले भनेका थिए कि यस महामारीको सामना गर्न सरकारले राम्रो काम गरेको छ।

उनले भने, ‘सरकारले कोरोना भाइरस विरूद्ध लड्न मास्क, पीपीई किट र औषधि ल्याएको छ। हामीले कोरोना भ्याक्सिन बनाउन केही हप्ता मात्र बाँकी छ।’

अमेरिकामा कोरोनाको मृत्युको सन्दर्भमा ट्म्पले भारत, रुस र चीनले कोरोना भाइरसको कारण हुने मृत्युको तथ्याक लुकाइरहेको आरोप लगाए।

राष्ट्रपति ट्रम्पले आयकर नतिरेको भन्ने खबर फेक रहेको भन्दै आफूले लाखौं डलर ट्याक्स तिरेको दाबी समेत गरेका छन्।

हालै एक रिपोर्टमा न्युयोर्क टाइम्सले ट्रम्पले सन् २०१६–२०१७ मा मात्र ७५० डलर कर तिरेको रिपोर्ट सर्वाजनिक गरेको थियो। तर बहसमा ट्रम्पले आफूले त्यसवर्ष ३८ मिलियन कर तिरेको र अर्को वर्ष २७ मिलियन डलर कर तिरेको बताएका थिए।

ट्रम्पले सो क्रममा आफ्नो कार्यकालमा नभएर ओबामा–बाइडेनको कार्यकालमा नश्लीय हिंसा बढी भएको दाबी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्