भारतका उपराष्ट्रपति नायडुलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : ५९


काठमाडाैं । भारतका उपराष्ट्रपति एम वेंकैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको अफिसमा सबैको नियमित परीक्षण गर्दा ७१ वर्षीय उपराष्ट्रपतिमा कोरोना देखिएको हो ।

उनमा कुनै लक्षण नदेखिएको र उनको स्वास्थ्य सामान्य रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘आज बिहान गरिएको नियमित परीक्षणमाा उपराष्ट्रपतिमा कोभिड–१९ पुष्टि भएको छ। उहाँमा कुनै लक्षण छैन र स्वास्थ्य राम्रो छ,’ उपराष्ट्रपति कार्यालयले ट्विटमार्फत् जानकारी दिएको छ ।

उनकी श्रीमती उषा नायडुलाई भने संक्रमण देखिएको छैन ।

भारतको राज्य सभाको अध्यक्ष समेत रहने उपराष्ट्रपति नायडुले सो सदनको बर्षे अधिवेशनमा भाग लिएका थिए। सो सभाका २५ जना सदस्यमा कोरोना देखिएपछि सो अधिवेशन पनि छिटै टुंग्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्