आजको मौसमः यी प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : ११


काठमाडाैं । हाल बङ्गालको खाडीमा न्युन चापीय क्षेत्र रहेकोले देशका पहाडी भू–भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा राति हल्का वर्षाको सम्भावना रहेको छ । अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्