२४ घण्टामा कोरोनाबाट विश्वमा ३ हजार ६९४ को मृत्यु

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : ४५


काठमाडौं । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा विश्वभर ३ हजार ६९४ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ ।

बितेको २४ घण्टामा २ लाख २२ हजार ७४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्