आइपीएलमा सन्दीप आबद्ध टिम दिल्ली क्यापिटल्सकाे पहिलो हार

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडौं । आइपीएलमा सन्दीप आबद्ध टिम दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ ।

अबु धावीमा आज भएको खेलमा सनराजर्सस हैदरावादसँग दिल्ली १५ रनले पराजित भएको हो ।

हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २०ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो। हैदरावादका लागि जोनी बेयरस्टोले ५३ रन बनाए ।

यस्तै डेभिड वार्नरले ४५ तथा केन विलियम्सनले ४१ रन बनाए ।

दिल्लीका कागिसो रबाडा र अमित मिश्राले २–२ विकेट लिए ।

यस्तै १६३ रनको लक्ष्य पछ्याएको दिल्ली १४७ रनमा समेटियो ।

दिल्लीका लागि शिखर धवनले ३४ र ऋषभ पन्तले ३२ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

हैदरावादका राशिद खानले तीन तथा भुवनेश्वर कुमारले २ विकेट लिए।


प्रतिक्रिया दिनुहोस्