हेटौंडा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अरोपमा मकवानपुर प्रहरीले १ जना ४१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङका ४१ वर्षीय पुस्कर कार्की छन् ।
प्रहरीका अनुसार कार्कीले शुक्रबार ९ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको उजुरी प्राप्त भएको थियो ।
उजुरी प्राप्त भएपछि प्रहरीले कार्कीलाई हेटौंडाबाटै पक्राउ गरेको हो । पक्राउ परेका कार्कीमाथि जबरजस्ती करणीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।