काभ्रेकी रञ्जना हत्या प्रकरण : ससुरा सुदर्शन अधिकारी जेल चलान

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काभ्रे । बनेपा । काभ्रेकी रञ्जना अधिकारीको हत्या प्रकरणमा जिल्ला अदालतले काभ्रेले उनका सशुरालाई पुर्पुक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जना तिमल्सिना अधिकारीको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ ।

बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका थिए । रञ्जनाको पति शङ्करले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन् ।

जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी थिइन् ।


तस्वीर– मृतक रञ्जना तिमल्सिना (अधिकारी)


प्रतिक्रिया दिनुहोस्