काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेब रामसिकिल प्रसाद साह छन्।
उनको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको हो।
उनी महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत थिए।
रुघाखोकी र ज्वरो आएका उनमा पीसीआर परीक्षण गर्दा असोज ५ मा कोरोना सकरात्मक देखिएको थियो।
उनी स्थानीय अस्पतालमा उपचार गराउँदा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि उपचारका लागि उनी काठमाडौं आएका थिए।
काठमाडौंको शिक्षण अस्पताल आएका उनलाई अस्पतालमा बेड नभएपछि रिफर गरिएको थियो।
उपचारकैक्रममा उनको आज बिहान निधन भएको हो।