८ निजी अस्पतालले पीसीआरका लागि तोकिएको भन्दा दोब्बर शुल्क लिने

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : २९


काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालले पीसीआर परीक्षण गरेवापत सरकारले तोके भन्दा झण्डै दोब्बर शुल्क लिने निर्णय गरेका छन्।

सरकारले कोरोना पीसीआर परीक्षण बापत निजी तथा सरकारी प्रयोगशालाले २ हजार रुपैंया लिन पाउने जनाएको छ।

स्वास्थ्य मन्त्रालयले केहि दिन अघि अन्तराष्ट्रिय बजारमा पीसीआर परीक्षणमा लाग्ने रिएजेन्टको मूल्य घटेकाले शुल्क समायोजन गरी घटाएको जनाएको थियो।

सरकारको उक्त निर्णसँगै सरकारी तथा धेरै निजी प्रयोगशालाहरुले पीसीआर परीक्षण बापत २ हजार मात्र लिने गरेका छन्।

तर, उपत्यकाका विभिन्न अस्पतालले सोमबार सरकारी शुल्क भन्दा झण्डै दोब्बर ३९ सय नै लिने निर्णय गरेका हुन।

एक विज्ञप्ति मार्फत स्टार अस्पताल प्रयोगशाला, ह्याम्स अस्पताल प्रयोगशाला, बि एन्ड बी अस्पताल प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशालाले पिसिआरमा ३९ सय नै लिने निर्णय भएको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्