डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, माग पूरा नभएसम्म उपचार नगर्ने केसीको अडान

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ५ : ५९


शिक्षण अस्पतालले अनसनरत डा.गोविन्द केसीलाई कुनैपनि बेला आइसियुमा सार्नुपर्ने अवस्था आउनसक्ने जनाएको छ।

अनसनरत डा.केसीको स्वास्थ्य अवस्था कमजोर रहेको भनिएका बेला शिक्षण अस्पतालले जुनसकै बेला स्वास्थ्य अवस्था गम्भीर हुन सक्नेसमेत जनाको छ।

विगत १५ दिनदेखि अनसनरत डा गोविन्द केसीको मागबारे सरकारले कुनै वास्ता गरेको छैन।

आफ्नो माग सम्बोधन नहुन्जेलसम्मका लागि कुनै पनि उपचार नलिने डा केसीले अडान लिएका छन्।

पछिल्लो समय डा केसीमा जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्नेलगायतका समस्या देखिन थालेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।

डा.केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा. सुभाषप्रसाद आचार्यले विज्ञप्तिमार्फत केसीको रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको, ब्लड सुगर, सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम फोस्फोरस सबै न्यून भएको जनाएका छन्।

डा.केसीलाई उनको नशाहरु खुला गर्न आईभी नर्मल सलाइन दिइएको छ। अन्य कुनै पनि प्रकारका पदार्थहरु ग्रहण गर्न उनले अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ।

 


प्रतिक्रिया दिनुहोस्