काठमाडौंमा एकै दिन थप ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ४२


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो।

यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ । मृत्यु भएको छ ।

नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आज देशका विभिन्न अस्पतलमा मृत्यु भएका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगैै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्