उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित, कुन जिल्लामा कति?(सूची)

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ४२


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज १३५१ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको कुल संख्या ७४७४५ पुगेको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ।

यस्तै, आज कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४८१ पुगेको छ।

यसैगरि आजै नेपालमा थप ७४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

काठमाडौं उपत्यकामा ८१७ संक्रमित थपिएका छन्, जसमा काठमाडौंका ६४९, ललितपुरका १३२ र भक्तपुरका ३६रहेका छन्। अन्य कुन जिल्लामा कति थपिए? तलको तथ्यांक हेर्नुहोस्

 

 


प्रतिक्रिया दिनुहोस्