मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

गत बिहीबार, शुक्रबार र आइतबार समेत दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल चलेको थियो । सोमबार पनि सोही विषयमा छलफल चलिरहेको प्रधानमन्त्री मसेत रहेका अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

आइतबार दुवै नेताबीच भएको छलफलमा सहमति जुट्न नसकेपछि सोमबार पुनः छलफल शुरु भएको हो ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनको मोडालिटीमा सहमति हुन सकेको छैन । प्रचण्ड अहिले कायम रहेको मन्त्रिपरिषद सेट (प्रधानमन्त्री बाहेक) सबै मन्त्रीलाई फेर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओली भने केही मन्त्रीलाई मात्रै फेर्ने अडानमा छन् ।

पछिल्लो समय प्रचण्ड ओलीकै लाइनअनुसार केही मन्त्रीलाई फेर्न पनि तयार भएका छन् । तर, दुई नेताबीच फेरिने र कायम रहेन मन्त्रीको नामका विषयमा सहमति जुट्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्