चिनियाँ दूतावास अगाडि प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


काठमाडौं । चीनले नेपालको सीमा मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बिहान काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नेविसंघका नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेर प्रहरीले पक्राउ गरेको काफ्लेले बताए ।

नेपालको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेर भवन बनाएको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्