सीमा विवादलाई लिएर पुन: यद्धमा होमिए आर्मेनिया र अजरबैजान

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ११ : ४६


सीमाको विवादका कारण दशकौंदेखि द्वन्द्वरत दुई देशहरु आर्मेनिया र अजरबैजान युद्धमा होमिएका छन् ।

बीबीसीका अनुसार आइतबार नागोर्नो–काराबाख क्षेत्रमा दुई देशका सैनिकबीच गोलीबारी भएको छ । उक्त गोलीबारीमा कम्तिमा २३ जनाको मृत्यु भएको जनाइएको छ ।

आइतबार गोलीबारी भएको क्षेत्र शुरुदेखि नै अजरबैदानको अधिनमा रहेको छ । तर, यहाँ आर्मेनियाली जनजातिहरु बसोबास गर्दै आएका छन् । यो क्षेत्र आर्मेनियाली जनजातिहरु कै नियन्त्रणमा छ ।

अजरबैजानका राष्ट्रवति इहाम एलिएभले उक्त क्षेत्र पुनः आफ्नो अधिनमा ल्याउनमो ढुक्क भएको बताएका छन् ।

आर्मेनिया र अजरबैजानबीच काउकासस हिमाली क्षेत्रलाई लिएर पनि दशकौंदेखि द्वन्द्व चलिरहेको छ । यसै वर्षको गत जुलाईमा पनि दुई देशबीच झडप भएको थियो । उक्त झडपमा १६ जनाको ज्यान गएको थियो ।

दक्षिण काउकस क्षेत्र हुँदै प्राकृति ग्यास ओसार पसार गर्ने पाइपलाइन विश्वबजारमा जोडिएको छ । जसकारण यी दुवै देशले उक्त क्षेत्रलाई महत्वका दृष्टिले हेर्ने गर्छन् ।

टर्कीका राष्ट्रपति रिसेप ट्वाइपी इर्दोआनले अजरबैजानलाई समर्थन गर्दै उक्त देशको सम्प्रभुताका लागि विश्व एक हुनुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्