काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही दुर्घटनामा परेका छन् ।
स्कुटरमा सीतापाइलाबाट अनामनगर तर्फ जाँदै गरेका रसाइली सवार रसाइलाई माइक्रोले टेकुमा ठक्कर दिएको हो ।
माइक्रोको ठक्करबाट रसाइली घाइते भएका छन् । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
उनको खुट्टा र कुमनेर चोट लागेको जनाइएको छ ।
सूदुर पश्चिमको बझाङका रसाइली नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सासद रहेका छन् ।