प्रहरीको इन्सपेक्टर हुँ भन्दै होटलमा मदिरा सेवन गरेको बिल नतिर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


झापा । नेपाल प्रहरीको इन्सपेक्टर (निरीक्षक) हुँ भन्दै स्थानीय रेस्टुरेन्टमा खाजा तथा पेय (मादक) पदार्थ सेवन गरेको पैसा नतिरी हिँड्ने गरेका एक व्यक्तिलाई झापाको दमक प्रहरीले पक्राउ गरेको छ ।

झापाको कम गाउँपालिका अन्तर्गतका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाजा खाने, तर पैसा तिर्ने बेला ‘म प्रहरी चौकीको इन्सपेक्टर हुँ, भोलि हिसाव मिलाउँला’ भन्दै हिँड्ने गरेका व्यक्तिलाई स्थानीयको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको दमक घर भएका ५८ वर्षीय ईन्द्र प्रसाद थापा रहेका इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्