व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी गराएका छन् ।

हिजो गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिए ढकालले जानकारी दिएका छन् ।

तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले बताएका छन् ।

उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्