विश्वका ३६ भाषामा ५० हजार भन्दा धेरै गीत गाउँने लता मंगेशकरको आज ९१ औं जन्मोत्सव

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


काठमाडाैं । भारतीय गायिका लता मंगेशकरको सोमबार २८ सेप्टेम्बरका दिन जन्मोत्सव । उनले ९१ औं जन्मोत्सव मनाइरहेकी छिन् ।

लताको जन्म सन् १९२९ को २८ सेप्टेम्बरमा इन्दौरमा भएको थियो ।

उनका पिताको नाम पंडित दिनानाथ र माताको नाम शेवन्ती हो । उनका पिता मराठी संगीतकार, शास्त्रीय गायक र थिएटरका अभिनेता थिए ।

उनकी आमा गुजराती थिइन् । ‘भारत रत्न’ लता मंगेशकरले विश्वका २३ भाषामा ५० हजार भन्दा धेरै गीत गाएकी छन् ।

तर उनले बुबाको अगाडी गाउन नडराएको भए गायिका बन्ने थिइनन् उही भावना राख्ने गायिका लता बुबासँग निकै डराउँथिइन् ।

आफ्नो परिवारको जिम्मेवारी सम्हाल्नको लागि उनले यति धेरै गीत गाएन आज सार्वाधिक गीत रेकर्ड गराउने कीर्तिमान ‘गिनीज वर्ल्ड अफ रेकडर्’ मा सन् १९७४ र १९९१ मा आफ्नो नाम दर्ता गराएकी छन् ।

लतालाई लाग्छ आज आफ्नो बुबाको कारण नै उनी गायिका बनेकी हुन् । किन भने उनको बुबाले नै उनलाई संगीत सिकाएका हुन् ।

उनको बुबा दीनााथ मंगेशकरलाई संगीत सिकाइको लामो समयसमम पनि लताले गीत गाउँछिन् भन्ने कुरामा विश्वास नै लागेको थिएन । उनी आमालाई भान्सामा गीत गाएर सुनाउथिइन । आमा उनलाई गाली गरेर पठाउथिइन् ।

एक दिन लताको बुबा आफ्नो शिष्य चन्द्रकान्तलाई संगीत सिकाइ रहेका थिए । केही समयपछि उनी केही काम परेर बाहिर निस्केका थिए । त्यही समयमा आगनमा खेलिरहेकी ५ वर्षकी लताले शिष्य चन्द्रकान्तलाई सुर मिलेको छैन भन्दै सिकाइन ।

यो देखेर उनको बुबा छक्क् परे । उनको बुबाले आफ्नो लगाडी गाउन लगाए । लता भन्छिन् –मैले बुबाको गायन सुनेर नै सिकोकी हुँ तर मलाई बुुबाको अगाडी गाउँने हिम्मत कहिले भएन ।

संगीतकार गुलाम हैदर १८ वर्षकी लताको अवाज सुनेर निकै चकित भएका थिए । त्यसपछि त्योे समयका सफल फिल्म निर्माता शशधर मुर्खजीलाई भेटाए । निर्माता मुर्खजीले आवाज निकै पातलो भएको भन्दै अस्विकार गरे ।

फेरी गुलामले लतालाई फिल्म मजबुर को गीत अंग्रेजी छोरा चला गया मा मुकेशको साथमा गाउँने मौका दिए । यसरी सुरु भएको लताको गाएकी यात्राको नाम आज सफल र्चिचत गायिकाको रुपमा स्थापित भएको छ ।


प्रतिक्रिया दिनुहोस्