छिमेकीको हत्या गरी फरार व्यक्ति ३४ वर्षपछि पक्राउ

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार


सिन्धुपाल्चोक। हत्या अभियोगमा अदालतबाट सजाय पाएका लिशङ्खुपाखर गाउँपालिका ७ का फुर्पा तामाङलाई ३४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

२० असोज २०४३ मा दशैंको किनमेल गर्न डाँडापाखर बजार आएका २४ वर्षीय जोगलाल तामाङको बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी फुर्पाले हत्या गरेका थिए ।

हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय चौतारा र प्रहरी चौकी लामोसाँघुबाट खटिएको संयुक्त टोलीले हिजो दिउँसो उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।


प्रतिक्रिया दिनुहोस्