आज बागमती र गण्डकी प्रदेशमा सामान्य वर्षा हुने, अन्य प्रदेशको मौसम कस्तो ?

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : २६


काठमाडौं । आज देशभरको मौसम सामान्य रहने छ । बागमती, गण्डकी र प्रदेश १ मा सामान्य वर्षा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आज राति प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्