चित्लाङ–थानकोट सडक खुला

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङ–थानकोट सडक खुलेको छ।

गत बुधबारदेखि अवरुद्ध सडकका ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आज सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो।

मकवानपुरको थाहानगरदेखि काठमाडौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको थियो।

अहिले सडक चलेपछि उक्त सडकबाट सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि थाहानगरवासीलाई सबैभन्दा छोटो मार्ग भएर काठमाडौँ जान समस्या भएको थियो।

समस्या सुल्झाउने क्रममा काठमाडौँका प्रदेशसभा सदस्य रमा आले मगर, मकवानपुरका तत्कालीन संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, थाहा होटल एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललगायत पहिरोस्थलमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्